मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोड झापा भेन्टिलेटर जडित ६ बेडको आई.सि.यू. (I.C.U) सहित १०० वेड क्षमतामा नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा संचालित अस्पताल हो । यस अस्पतालमा जटिल अवस्थाका नवजात शिशुहरुको उपचारलाई ख्यालमा राखी ४ बेड क्षमताको एन.आई.सि.यू. (N.I.C.U) संचालनमा छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा विधिवत स्विकृति भई संचालन भएको यस अस्पताल अन्तर्गत स्त्री तथा प्रसूति रोग, जनरल फिजिसियन, हाड जोर्नी तथा नशा रोग, बाल रोग, जनरल सर्जरी, दाँत तथा मुख रोग, मानसिक रोग, मृगौला तथा मुत्र रोग, छाला रोग, मुटु रोग र नाक, कान घाँटी रोग सम्बन्धि सेवाहरु संचालन रहेका छन् । यस अस्पतालमा आसपासका जिल्लासँगै मेची तथा कोशी अञ्चल अस्पतालका बिरामीहरु उपचार सेवाको लागी आउने गरेका छन् । मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोड झापाले समयमै बिरामीहरुको रोगको पहिचान गरी छिटो छरितोढंगले २४ सै घण्टा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धतालाई आफ्नो मार्गदर्शन बनाउदै आएको छ । यस अस्पतालले आमजनताको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि होस भन्ने अभिप्रायले विभिन्न संघ संस्था र व्यक्तिहरुलाई सस्थागत सेवाग्राही सदस्य बनाई सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । निकट भविष्यमा प्रमाण पत्र तह र स्नातक तहको स्वास्थ्य सम्बन्धी शैक्षिक कार्यक्रम संचालन गर्ने प्रकृयामा समेत अस्पताल अगाडि बढिरहेको छ ।
अस्पतालको दुरदृष्टि (भिजन) :
अन्य संघ संस्थाहरुसँग सहकार्य गर्दै सवैको निम्ति उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने यस अस्पतालको दुरदृष्टि रहेको छ ।
अस्पतालको मार्गचित्र (मिशन) :
– बिरामी मैत्री गुणस्तरीय स्वास्थ्य सेवा मा आम जनताको पहुँच बृद्धि निम्न मार्गचित्रमा आधारित भई गर्ने :
– दक्ष डाक्टरहरु तथा स्टाफहरुबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने ।
– प्रमाणमा आधारित स्वास्थ्य सेवा विश्वासिलो, भरपर्दाे र छिटो छरितो ढंगले प्रदान गर्ने ।
– समयानुकुल अत्याधुनिक प्रविधि र औजार उपकरणहरु स्वास्थ्य सेवामा प्रयोग गर्दै उपचार पद्धतिलाई प्रभावकारी बनाउने ।
– सरल मूल्य कायम गरी स्वास्थ्य सेवामा आम जनताको पहुँचलाई अभिवृद्धि गर्दै जाने ।
– स्वास्थ्य शिक्षालाई स्वास्थ्य सेवासँग गाँसेर लैजाने ।
अस्पतालका मूल्य र मान्यताहरु :
सहकार्य : – विभिन्न संघ संस्था हरुसँग सहकार्य गर्दै जाने
खुल्लापन : – स्वास्थ्य सेवा सुविधा बारे सम्बन्धित सबैलाई स्पष्ट बुझाई खुल्ला र पारदर्शी ढंगले उपचार सेवा प्रदान गर्ने ।
टिमवर्क : – सवै सरोकारवाला पक्षहरुसँग टिमवर्क गर्दै अस्पतालको मिशन पूरा गर्दै जाने ।
गुणस्तर : – अस्पतालको सेवालाई सधै गुणस्तरीय वनाउदै निरन्तर सुधारको दिशामा जाने ।
इमान्दारीता :– बिरामी र बिरामीको आफन्त प्रति इमान्दार रही पारदर्शी ढंगले सेवा प्रदान गर्दै जाने ।
सामाजीक दायित्व : – सबै समुदाय र वर्गका बिरामीहरुलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउदै लैजाने प्रयासमा अग्रसर हुदै जाने ।
बिरामी मैत्री प्रबृत्ति :– उपचारमा संलग्न सबै जनशक्ती बिरामी निको पार्ने लक्ष्यलाई सर्वाेपरी राखी बिरामीको उपचार र हेरचाहमा संलग्न रहने प्रबृत्तिबाट निर्देशीत रहने ।